धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्रा.) का पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङबीच काठमाडौंमा भेटवार्ता भएको छ।
उक्त भेट बिहीबार सम्पन्न भएको हो। सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले तस्बिर सार्वजनिक गर्दै “केही भनिनँ, तपाईंहरू नै भन्नुहोस्” भन्दै जनताबाट प्रतिक्रिया मागेका छन्।
यस भेटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। विशेष गरी कुलमान घिसिङले पछिल्लो समय राजनीतिमा सक्रिय हुने संकेत दिँदै “म राजनीतिमा आउन पनि सक्छु” भन्ने अभिव्यक्ति दिएका छन्।
राजनीतिमा प्रभावशाली छवि बनाएका दुबै व्यक्तित्वबीचको भेटलाई संभावित सहकार्य वा आगामी राजनीतिक रणनीतिसँग समेत जोडेर हेरिएको छ।