तीनकुनेस्थित प्रदर्शनमा हिंसा भड्काएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ।
नेपाल प्रहरीका एक उच्च स्रोतका अनुसार उनलाई भारतको सहयोगमा भारतीय भूमिबाट पक्राउ गरिएको हो। पक्राउको स्थान र प्रक्रियाबारे विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्रसाईमाथि गत महिनाको तीनकुने प्रदर्शनमा उक्साहट र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको थियो। उनी सो घटनापछि फरार रहँदै आएका थिए।
नेपाल प्रहरीले भारतीय सुरक्षा निकायसँगको समन्वयमा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
