समाचार शीर्षक:
हृदयघातका कारण श्रीमानको निधन भएका कलसा विष्टलाई दुई लाख रुपैयाँ बीमा रकम प्रदान
समाचार विवरण (नेपालीमा):
कञ्चनपुर, २०८२ जेठ १२ –
मेरोमाईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सुडाबाट बीमा वापतको रकम हस्तान्तरण गरिएको छ। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ गाउजि निवासी केन्द्र नं. ०७५ की सदस्य श्रीमती कलसा विष्टलाई रु २,००,००० (दुई लाख) को चेक प्रदान गरिएको हो।
श्रीमती विष्टका श्रीमान् श्री महे विष्टको हृदयघातका कारण दुःखद निधन भएको थियो। उहाले मेरोमाईक्रोफाईनान्सबाट लिएको रु २,००,००० कर्जा पहिल्यै चुक्ता गरिसक्नुभएको थियो। कर्जासँग समावेश बीमा कार्यक्रम अन्तर्गत बीमा रकम स्वरूप यो सहायता प्रदान गरिएको हो।
शाखा कार्यालय सुडामा आयोजित चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक श्री शम्भु प्रसाद भट्टज्यू प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रका महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
संस्था सदस्यहरूका लागि संकटको समयमा आवश्यक सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको यस बीमा योजनाले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
