“शिवरात्रिमा देशभर भक्तजनको घुइँचो, महादेवको आराधनामा भक्तिको लहर!”

आज महाशिवरात्रि पर्वको अवसरमा देशभरका शिवालयहरू भक्तजनले खचाखच भरिएका छन्। बिहानैदेखि श्रद्धालुहरू शिव मन्दिरहरूमा पूजा, भजनकीर्तन, र उपवासमा व्यस्त छन्। विशेष गरी कैलालीको बेहडाबाबा मन्दिर, म्याग्दीको गलेश्वरधाम, लमजुङका विभिन्न शिवालयहरू, सप्तरीको शम्भुनाथ महादेव मन्दिर, र महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको छ।

काठमाण्डौंबाट म्याग्दी गलेश्वरधाम आएका एक भक्तजनले भने, हामी हरेक वर्ष शिवरात्रिमा यहाँ आउँछौं। भगवान शिवको कृपाले मनोकामना पूरा हुने विश्वास छ।”

शिवालय परिसरहरूमा पूजासामग्रीको व्यापार फस्टाएको छ भने मेलाहरूले धार्मिक उत्सवलाई अझै रंगीन बनाएका छन्। विभिन्न ठाउँमा ठाडो बत्ती बाल्ने, भजनकीर्तन गर्ने, जाग्राम बस्ने, रक्तदान, र सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका छन्।

मन्दिर व्यवस्थापन समितिहरूले भक्तजनहरूको सहजताका लागि महिला-पुरुषका अलग लाइन, सुरक्षा व्यवस्था, र सेवा शिविरहरूको व्यवस्था गरेका छन्।

नेपालका विभिन्न शिवालयमा मात्रै होइन, भारतका श्रद्धालुहरू समेत नेपालको प्रमुख मठ-मन्दिरहरूमा दर्शन गर्न आएका छन्, जसले धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गरिरहेको देखिन्छ।

शिवरात्रिको यो पावन अवसरमा देशभर भगवान शिवको आराधनाको माहोल रहेको छ, जहाँ भक्तजनहरूले आस्था र भक्ति सँगालेर महादेवको दर्शन गरिरहेका छन्। हर हर महादेव!

Oplus_131072

ताजा समाचार